नवलपरासीमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

ट्राफिक/प्रहरी समाचार

परासी, ५ वैशाख, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम स्थित बर्दघाट नगरपालिका–४ दाउन्नेमा हिजो बेलुकी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो बेलुका ७ बजे ना ५ ख २५१४ नम्बरको ट्रक सडकबाट करिब ५० मीटर तल खसेको थियो ।

मृत्यु हुनेमा ट्रकका चालक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ का ४० वर्षीय शिव नारायण विजराजी र परिचालक सोही ठाउँका २८ वर्षीय लालि पभैया रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई अस्पताल पुरयाउना साथ डाक्टरले मृत घोषणा गरेका थिए ।

Loading...