सिटी एक्सप्रेस र साउदीको क्विक पे बीच रेमिटान्स सम्झौता

अर्थ-बजार

काठमाडौँ, ४ वैशाख, मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा साउदी अरबको ख्याती प्राप्त बैंक नेशनल कमर्सियल बैंक, क्विक पेबीच रेमिटान्स सम्झौता भएको छ । क्विक पे को ३१८७ एटिएम साथै ३०० भन्दा बढि रेमिटान्स सेन्टरहरुबाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको ५५०० एजेन्टहरु र मेगा बैंकको ४७ शाखाहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने भएको हो ।

नेशनल् कमर्सियल् बैंकका उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा नयाँ प्रविधि र बृहत बजार रणनीतिको साथ अगाडि बढ्ने बताएका छन् ।

Loading...