जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाचार

काठमाडौँ, ३ वैशाख, जबरजस्ती करणी गरेको अभियोगमा बाग्मती गाउँपालिका–२ बस्ने २५ वर्षीय शेखर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेले सोही ठाउँ बस्ने २१ वर्षीया महिलालाई सोही ठाउँ स्थित बासुने जंगलमा घाँस–दाउरा काट्न जाने क्रममा आइतबार जबरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरी गैंडाकोट नगरपालिका–२ बस्ने ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका–२ डेरा गरी बस्ने मकवानपुर चैनपुर नगरपालिका–५ का २३ वर्षीय प्रकाश प्रजालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...