गगन थापा बने रशिकाको अभिभावक !

शिक्षा

काठमाडौँ, २ वैशाख, सरकारले आजबाट सुरू गरेको विद्यार्थी भर्ना अभियानमा सहभागी हुँदै गगन थापाले पनि एक बालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । उनले बुढानिलकण्ठ नगरपालिका, चुनिखेलको जनउद्दार विद्यालयमा कक्षा १ मा रशिका श्रेष्ठलाई भर्ना गरेर जिम्मेवारी लिएका हुन् ।

रशिकाको कक्षा १२ सम्मको अध्ययन, पाठ्यपुस्तक, पोशाक लगायतको सम्पूर्ण जिम्मेवारी थापाले लिएका छन् । आफूले रशिकाको भर्ना गरेसँगै विद्यार्थी भर्ना अभियानमा सबैलाई जिम्मेवारी लिन आग्रह पनि गरेका छन् । उनले भने, ‘पढ्न नपाएका थुप्रै भाइबहिनीहरू हाम्रो वरिपरि नै छन् । हाम्रो सानो सहयोगले तिनले पढ्न पाउने छन् ।’ बुढानिलकण्ठको सोही विद्यालयमा पनि यस्तो आवश्यकता भएका अन्य धेरै विद्यार्थीहरु रहेको भन्दै थापाले सहयोग गर्न आग्रह गरेका छन् ।

थापाले वैशाख १ गतेबाट एक अभियानको पनि सुरुवात गरेका छन् । ‘म बन्छु जिम्मेवार: कर्तब्यसँगै अधिकार’ नामक अभियानले वैशाख १ गतेबाट सरसफाइको सुरुवात गरेको छ ।

Loading...