निरक्षरता उन्मूलन अभियानः प्रधानमन्त्रीले गरिदिए एक विद्यार्थीको भर्ना

शिक्षा

काठमाडौँ, २ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियानअनुसार मुगुका एक जना विद्यार्थीलाई विद्यालय भर्ना गरिदिएका छन् । मुगुको मुगुम कार्मारोंग गाउँपालिका वडा नम्बर ८ निवासी आमा छिजु तामाङ र बाबु कार्मा टोन्डु लामाकी ६ वर्षीया छारी थिल्ने साङ् तामाङलाई प्रधानमन्त्रीले विद्यालय भर्ना गरिदिएका हुन् । २०६८ साल चैत १९ जन्मिएकी तामाङलाई बुद्ध मावि मांग्रीमा भर्ना गरिएको हो ।

छात्राको अभिभावकत्व ग्रहणको पुस्तिकामा हस्ताक्षर गरेका प्रधानमन्त्रीले तामाङलाई पोसाक र पुस्तक प्रदान गरेका थिए ।

प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि बुद्ध माविमा छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गरिदिएकी छिन् । शाक्यले टोमा लामा र कार्मा नाम्ग्याल लामाकी छोरी छेरिङको अभिभावकत्व पनि ग्रहण गरेकी छिन् । छेरिङ २०६७ माघ १७ गते जन्मिएकी हुन् ।

रारा पर्यटन महोत्सवमा पुगेका प्रधानमन्त्रीले भर्ना सप्ताह सुरु भएको अवसरमा ती बालिकाको अभिभावकत्व लिँदै विद्यालय भर्ना गरिदिएका हुन् । प्रधानमन्त्रीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै एक व्यक्तिले कम्तीमा एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियानमा सघाउन अपिल गरेका छन् ।

तस्विर: मुगुको रारामा प्रधानमन्त्री केपी शर्मा ओली,

Loading...